एमालेले आज पनि सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौँ : नेकपा एमालेले आज पनि काठमाडौंको माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिसोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिन लागेको हो ।

एमाले राजधानी प्रदेशको आयोजनामा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिने एमाले सचिव महेश बस्नेतले जानकारी दिए । उनले माइतीघरमा सहभागिताका लागि कार्यकर्तालाई अपिल गरेका छन् ।

उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *