निर्वाचन आयोगले सवा ६ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौं : निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आज प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाइनेछ। निर्वाचन आयोगले मतदानसम्बन्धी जानकारी दिन ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो।

पत्रकार सम्मेलन आयाेगकाे मिडिया सेन्टरकाे हलमा हुनेछ। दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *