युद्धका बीच विश्वकप छनोट खेल्न मेक्सिको जाँदै इराकी टिम

काठमाडौं । जारी युद्धको बीच इराकको फुटबल टोली विश्वकप छनोट खेल खेल्न मेक्सिको जाने भएको छ । इराक फुटबल संघका अध्यक्ष अदनान दिर्जालले इराकी टोली यसै हप्तामा निजी विमानबाट मेक्सिको प्रस्थान गर्ने बताए । उनले कठिन परिस्थितिका बाबजुद पनि टोली खेल खेल्न पूर्ण रूपमा तयार रहेको बताए ।

दिर्जालका अनुसार मध्यपूर्वमा जारी तनावका कारण धेरै व्यावसायिक उडानहरू प्रभावित छ, त्यसैले इराक फुटबल संघले यात्राको व्यवस्था गर्न फिफासँग मद्दत मागेको छ । इराकले बोलिभियाविरुद्ध मार्च ३१ मा मेक्सिकन शहर मोन्टेरीमा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *