कतारको सबैभन्दा ठूलो ग्यास प्लान्टमा मिसाइल आक्रमण

काठमाडौं । कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट ‘रास लाफान’मा गएराति मिसाइल आक्रमण भएको छ । आक्रमणपछि प्लान्टमा आगलागी भएको र ठूलो क्षति भएको छ ।

कतारले आक्रमणको दोष इरानलाई लगाएको छ । कतारी विदेश मन्त्रालयले इरानले कतारी नागरिक र यहाँको महत्त्वपूर्ण स्थलहरूलाई निशाना बनाएर सीमा नाघेको बताएको छ ।

मन्त्रालयले यस्ता आक्रमणहरूले सम्पूर्ण क्षेत्रको अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ । कतारले सबै देशहरूले तनाव कम गर्न र शान्ति कायम राख्न प्रयास गर्न मिलेर काम गर्नुपर्ने भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *