प्रतिनिधिसभा बैठकमा आज दलीय आधारमा नेताहरूले धारणा राख्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका छन् । आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले धारणा राख्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *