माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना नेता एमालेमा प्रवेश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जिल्ला तथा प्रदेशस्तरीय ११ जना नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र)का तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा गौतमसहित नेकपाका बागमती प्रदेश सदस्यहरु रामकुमार थापा, भूषण महर्जन, काठमाडौं जिल्ला कमिटी सदस्य प्रकाश भण्डारी, श्याम भण्डारी, सीता अधिकारी, शंकर अधिकारी, टोखा नगर कमिटी सदस्यहरु संगम वैध, राजु लामा, प्रकाश लामा रहेका छन् ।

यस्तै, कार्यक्रममा रास्वपाका बागमती प्रदेश सदस्य राजेन्द्र रेग्मी पनि एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा (बादल)सहितका नेताहरुले पार्टीमा स्वागत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *