इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय जनतामाथिको अर्को अन्याय : सांसद् श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सरकारले तयारीबिनै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय जनतामाथिको अर्को अन्याय भएको टिप्पणी गरेका छन्।

सोमबार फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै सांसद श्रेष्ठले सवारी साधन किन्दाखेरि नै सवारी धनीले नम्बर प्लेटको शुल्क तिरेको उल्लेख गर्दै सरकारले फेरि नयाँ नम्बर प्लेटको नाममा आर्थिक शोषण गरेको आरोप लगाए।

उनले अझै लाखौँ नागरिकलाई चालक अनुमति पत्र ९लाइसेन्स० वितरण गर्न नसकेको सरकार इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लागू गर्न लाग्नु जनभावना विपरीत भएको दाबी गरे।

श्रेष्ठले उक्त प्रणाली लागू गर्नुअघि पूर्वाधार, प्राविधिक तयारी र इम्बोस्ड नम्बर प्लेटको औचित्य स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्। साथै उनले नेपाली भाषा र लिपिको संवेदनशीलता नहेरी सरकारले लिएको निर्णय उचित नभएको टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *